देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिमलामा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

देशान्तर

काठमाडौं । हिमाचल प्रदेशको शिमलामा आइतबार भारी वर्षाका कारण घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मसलधारे वर्षाका बीच आइतबार बिहान शिमलाको कोटगढ गाउँमा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् । भग्नावशेषबाट दुई जना घाइतेलाई बाहिर निकालेर नजिकैको अस्पताल पु¥याएको छ ।