देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको उडिसामा एक आपसमा बस ठोक्किदा ११ जनाको मृत्यु

देशान्तर

राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ । घटनालगत्तै स्थानीय प्रहरी रदमकलको टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरुलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।