देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खुमलटार बी डिभिजनमा घटुवा : फ्रेन्ड्सले एपीएफलाई हरायो

सातदोबाटोमाथि पुलिसको जित

देशान्तर

काठमाडौं । सहिद स्मारक एु डिभिजन लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ । एन्फा कम्प्लेक्समा शुक्रबार एक खेल अगाबै च्याम्पियन बनेको चर्च ब्वाइजले तनावग्रस्त खेलमा एफसी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।
चर्च ब्वाइजसँग पराजित भएसँगै खुमलटार भने रेलिगेसनमा परेको छ । खुमलटार बी डिभिजनमा घटुवा भएको छ ।तनावग्रस्त खेलमा खुमलटारका अफिसियल मैदान प्रवेश गरेर रेफ्रिमाथी हातपात गरेका थिए । रेफ्रीले सुरक्षाको माग गर्दै दोस्रो हाफको सुरुआतमा केहि समय खेल रोकेको थियो ।

चर्च ब्वाइजको जितमा सुशील शाह र जोसेप बेम्पाहले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा सुशीलले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा जोसेपले गोल गर्दै चर्च ब्वाइजलाई २-० को जित दिलाए । तर, खेलको दोस्रो हाफमा चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो ।
चर्च ब्वाइजका गोलकिपर प्रिसोले रातो कार्ड पाएका थिए । यस्तै पहिलो हाफमा खुमलटारका मेसुके ओलुमोउ पेनाल्टीमा गोल गर्न चुकेका थिए । जितसँगै चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । खुमलटार २६ खेलमा २७ अंक जोडेर पुछारमा रह्यो । दशरथ रंगशालामा शुक्रबार सिजनको आफ्नो अन्तिम खेलमा फ्रेन्ड्स क्लबले जित निकालेको छ । फ्रेन्ड्सले एपीएफ क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।
जितसँगै फ्रेन्ड्स रेलिगेसनबाट जोगिएको छ । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एक एक गोल गरे ।खेलको १५ औं मिनेटमा फ्रिकिकमार्फत जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा विकासले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७२ औं मिनेटमा अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई ३-० को अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा उक्तामोभले गोल गर्दै फ्रेन्ड्सलाई ४-० को जित दिलाए । यस जितसँगै फ्रेन्ड्सले २६ खेलमा ३० अंक जोडेको छ । फ्रेन्ड्स ११ औं स्थानमा उक्लिएको छ । एपीएफले २६ खेलमा ३० अंक जोडेको छ । एपीएफ १३ औं स्थानमा झरेको छ ।

एपीएफको रेलिगेसनको डर कायम रहेको छ । च्यासल मैदानमा शुक्रबार अन्तिम खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।पुलिसले सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो । पुलिसको जितमा अहमद हिजाजीले निर्णायक गोल गरे । हिजाजीले खेलको २१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै पुलिस लिगको सुखद अन्त्य गरेको छ । पुलिसले २६ खेलमा ४१ अंक जोड्यो । पुलिसले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ । सातदोबाटोले हारबाट सिजनको अन्त्य गरेको छ । सातदोबाटोले २६ खेलमा ३५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा रहेको छ ।