देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एफसी यू–२० महिला एसियन कप :चीनद्वारा नेपाल ५–० गोल अन्तरले पराजित

देशान्तर

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले चीनसँग फराकिलो हार व्यहोरेको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाललाई चीनले ५–० गोल अन्तरले हराएको हो । नेपालको यो लगातार दोस्रो हार हो । चीनको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पनि ५–० ले पराजित भएको थियो । पहिलो खेलमा चीनले चाईनिज ताइपेलाई १–० ले हराएको थियो । छनोटको समूह ’बी’ को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । चीन ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेइसँग खेल्नेछ ।