देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ए डिभिजन लिग फुटबलमा आज चार खेल हुने

देशान्तर

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुदैँछन् ।

दुईवटा खेल रंगशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ ।

च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र बिभागिय टोली एपीएफ फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । यो खेल ३ बजेवाट सुरु हुनेछ ।

उता, एन्फा मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको बिचको खेल पनि ३ बजेवाट नै सुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्रि–स्टार क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो ३ बजेदेखि सुरुहुने छ ।

रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । उक्त खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।