देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

देशान्तर

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिए ।

प्रदेश सभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले बुधबार विश्वासको मत लिने कार्यसूची तय भएको थियो तर सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मत नदिने भएको छ ।