देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४ हजार २८५ उम्मेदवार र ४० दलको धरौटी जफत

देशान्तर

काठमाडौँ – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका ४ हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधिसभातर्फ १ हजार ९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको जानकारी दिए ।

सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशसभातर्फ पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य उम्मेदवार एक जना गरि २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको जानकारी दिए ।

त्यस्तै समानुपातिकतर्फ ४० वटा दलको धरौटी जफत भएको छ । प्रदेशसभातर्फ प्रदेश नं. १ मा ३०, मधेश प्रदेशमा २६, वाग्मती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको आयोगले जनाएको छ ।