देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई विप्लवको आग्रह

देशान्तर

काठमाडाैँ – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले सिफारिश गरेको अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मंगलबार विज्ञप्ति जारी गर्दै अध्यादेशलाई स्वीकृति प्रदान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा सरकारले पेश गरेपश्चात सरकारको नेतृत्व गरिरहेको पार्टी कांग्रेसका कतिपय नेता र एमालेका नेताहरूले विरोध गरेको सुन्दा आफूलाई आश्चर्य लागेको विप्लवले उल्लेख गरेका छन् । ‘कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरूलाई यथाशीघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय हो’, विज्ञप्तिमा भनिएको छ ।

उनले सबै पार्टीका नेता, कानुनविद् र मानव अधिकारवादीहरू लगायत सबैलाई यसतर्फ सचेत बन्न र सहमति कार्यान्वयनको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह पनि गरेका छन् ।