देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नीति निर्माणका बेला दलहरू विभाजित बन्नु हुँदैनः थापा

देशान्तर

काठमाडौं –  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरू विभाजित बन्नु नहुने बताएका छन् । मंगलवार प्रेस लैङ्गिक नीतिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा रहेका दलहरू नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने जोड दिएका हुन् ।

महामन्त्री थापाले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यक्ता रहेको भन्दै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरूले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिए ।

उनले शुरुवातबाट नै नीति निर्माणका लागि सम्बन्धित निकायहरूले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि बताए । उनले नेपालमा शुरुवाती चरणमा कुनै कुरा नराख्ने तर नीति, निर्माणको अन्तिम बेलामा आएर विभिन्न तर्कहरू अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानूनको संशोधन र निर्माण हुन नसकेको बताए ।