देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकतर्फको सांसद टुंगो लगायो

देशान्तर

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ ।

शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय समिति बैठकले निर्वाचन आयोगले तय गरेको मापदण्ड भित्र रहेर १३ जना समानुपातिकतर्फका सांसदहरुको सूचि टुंगो लगाएको हो । जस अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली रहनु भएको छ ।

त्यसैगरी आदिवासी जनजातिको तर्फबाट डा. ढाकाकुमार श्रेष्ठ, ईन्दिरा रानामगर र सुमना श्रेष्ठ रहनु भएको छ भने खस आर्यबाट प्राध्यापक डाक्टर चन्दा कार्की, डोरप्रसाद अर्याल, निशा डांगी र विनिता कठायत सांसद बन्नु भएको छ ।

लक्ष्मी तिवारी र मनिष झालाई मधेशीतर्फबाट चयन गरिएको छ भने अशोककुमार चौंधरीलाई थारुबाट र मुस्लिमबाट असिम साह गरी १३ जनालाई समानुपातिकतर्फको सांसद छनौट गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डाक्टर मुकुल ढकालले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘हाम्रो पार्टीले पाएको १३ सिट अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली रहनु भएको छ ।

आदिवासी जनजातिको तर्फबाट डा. ढाकाकुमार श्रेष्ठ, ईन्दिरा रानामगर र सुमना श्रेष्ठ रहनु भएको छ । खस आर्यबाट प्राध्यापक डाक्टर चन्दा कार्की, डोरप्रसाद अर्याल, निशा डांगे र विनिता कठायतलाई समानुपातिकमा समावेश गरिएको छ । लक्ष्मी तिवारी र मनिष झालाई मधेशीतर्फबाट राखिएको छ । अशोककुमार चौंधरीलाई थारुबाट र मुस्लिमबाट असिम साह गरी १३ जनालाई छनौंट गर्ने गरी निर्णय गरिएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ जना सांसदहरु निर्वाचित हुनु भएको छ । बैठकले निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदातालाई धन्यवाद दिँदै निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलगायतका सम्बन्धित सबै पक्षप्रति आभार समेत व्यक्त गरेको पनि प्रवक्ता ढकालले बताउनु भयो ।