काठमाडौं – सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन निष्प्रभावी हुने भनी संसद महासचिव डा भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्ताे आदेश जारी गरेकाे हाे ।संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको भन्दै विभिन्न निकायमा जारी भएको पत्र समेत तत्काल कार्यान्वयन नगर्नू/नगराउनु भनी आदेश दिएको हो ।
महासचिव गौतमले बुधबार जबराकाे निलम्बन फुकुवा भएकाे पत्र दिएपछि त्यसकाे खारेजीकाे माग गर्दै रिट दायर भएकाे थियाे । साे पत्रले लामाे समयदेखि शान्त रहेकाे सर्वाेच्च परिसरमा पुनः तनाब तत्पन्न गराएकाे छ ।
प्रतिक्रिया