काठमाडौँ – सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारूढ गठबन्धनको बैठक बसेको हो । बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, माओवादीले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक ठाउँमा जित हासिल गरेका छन् । चुनावी नतिजा सन्तोषजनक नभएको सत्ता गठबन्धनका नेताहरूले बताउँदै आएका छन् । केही ठाउँमा अन्तर्घात भएको आरोप–प्रत्यारोप पनि भइरहेको छ ।
यस्तै नयाँ सरकार गठनको विषयमा पनि सत्ता गठबन्धभित्र एकमत छैन । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरूले यही गठबन्धनलाई निरन्तरता दिने बताए पनि पहिले कसको नेतृत्वमा सरकार गठन गर्ने र प्रधानमन्त्री को हुने भन्ने विवाद छ ।
यही गठबन्धन कायम रहे पहिला प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति हुन बाँकी छ । गठबन्धनभित्र सहमति हुन नसके कांग्रेस–एमाले वा एमाले–माओवादी र अरू दलको समीकरण सक्ने विश्लेषण हुँदै आएको छ ।
प्रतिक्रिया