देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप

देशान्तर

सुन्दरहरैँचा – मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टोलीले नगद रु आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार पाउने आयोजकले बताएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई (डिपी)ले फुटबल प्रतियोगिता बेलबारीवासीको गौरवको विषय भएको बताए। प्रतियोगिताले हाम्रो नगर तथा खेलाडीलाई समेत देश तथा विदेशमा परिचित गराउन मद्दत पुयाएको छ । “मोफसलबाट सुरू भएर अन्तर्राष्ट्रियस्तरसम्म पुगेको बेलबारी गोल्डकपले खेलक्षेत्रलगायत समाजिक र आर्थिक विकासमा समेत टेवा पुयाएको छ,” उनले भने ।

पाँचाँै बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण स्वर्णकप फुटबल आयोजक समितिका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारीको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन बेलबारी गोल्डकप प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे।

डाँगीहाट युथ क्लबद्वारा आयोजित बेलबारी स्वर्णकपको खेल संयोजक भएर काम गर्न पाउँदा खुसी लागेको खेल संयोजक भाइकुमार गुरूङले बताए। यसपटकको प्रतियोगितामा १० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले प्रतिस्पर्धा जनाइएको छ ।

गत वर्षको विजेता टोली सशस्त्र प्रहरी बलसहित रोलिङ एफसी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगीहाट युथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको पश्चिम बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस युथ क्लब एभिनियर फुटबल क्लब क्यामरून, युनाइटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लबको प्रतियोगितामा सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका आर्थिक संयोजक राजेश बस्नेतले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथमा हुने प्रतियोगितामा रु ५२ लाख खर्च र ६० लाख आम्दानी हुने अनुमान गरिएको बताए।

बेलबारी क्षेत्रको ब्राण्डका रूपमा स्थापित भइसकेको गोल्डकपको संस्करण मोफसलदेखि अन्तर्राष्ट्रियस्तरसम्म परिचित रहेको प्रचार–प्रचार संयोजक नरेन्द्र बस्नेतले दाबी गरे। यहाँका युवाले खेलक्षेत्रलाई महत्व दिएर लागुपदार्थ दुव्यर्सनबाट टाढा रहनुपर्छ भन्ने सन्देश तथा जनचेतना प्रवाह गर्न पनि विगतदेखि नै प्रतियोगिता सफल हुँदै गएको उनले उल्लेख गरे।