देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा गिरावट कायमै, कारोबार १ अर्ब ९३ करोडमा खुम्चियो

देशान्तर

काठमाडौं – नेप्सेमा झिनो अंकले गिरावट आएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले घटेर तीन सय ९५ दशमलव ७५ अंकमा झरेको छ ।

आज दुई सय १८ वटा कम्पनीहरुको ३६ हजार एक सय ३४ पटकको कारोबारमा ४६ लाख ४० हजार आठ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ रुपैंयाँमा खुम्चिन पुगेको छ ।अघिल्लो दिन ४३ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज (बुधबार) पाँच दशमलव ९१ अंकले घटेर दुई हजार ५६ दशमलव ८८ अंकमा झरेको छ ।

नेप्सेमा आज हिमालयन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौं दशमलव ९७ प्रतिशतले बढेर तीन सय तीन रुपैंयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले घटेर चार सय ५९ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नागरिक लगानी कोषको प्रतिकित्ता २२ सय ५४ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ६८ लाख ७९ हजार चार सय ६७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

नेप्सेमा आज १३ वटा समूहरुको कारोबार भएकोमा उत्पादनमुलक र लगानी समूहहरुको सुचक बढ्यो भने बाँकी समूहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सुचक पाँच दशमलव ३१ अंकले घटेर १३ सय ५१ दशमलव २६ अंकमा झरेको छ ।

बिकास बैंक समूहको सुचक पनि सात दशमलव ९२ अंकले घटेर तीन हजार छ सय ८२ दशमलव ४५ अंकमा झरेको छ । जलविद्युत समूहको सुचक पनि १२ दशमलव ३५ अंकले घटेर २४ सय ६१ दशमलव ७८ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सुचक पनि १५ दशमलव ९६ अंकले घटेर आठ हजार दुई सय ३२ दशमलव ५८ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सुचक पनि नौं दशमलव ७३ अंकले घटेर नौं हजार छ सय ७० दशमलव ७४ अंकमा झरेकोमा फाइनान्स, टे«डिङ, होटल तथा पयर्टन, अन्य, लघुवित्त र सामुहिक लगानी कोष समूहको सुचक पनि घटेका छन् ।