देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१७ अंकले नेप्से घट्दा दुई अर्ब ८५ करोडको सेयर किनबेच

देशान्तर

काठमाडौं – हिजो आइतवार १० अङ्कले बढेको शेयर बजार नेप्से आज सोमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६७ अङ्कले घटेर २ हजार १ सय ६ दशमलव १६ विन्दुमा झरेको छ ।

आज जानकी फाइनान्सको शेयर चार प्रतिशतभन्दा धेरै तथा साम्लिङ पावर, एसियन लाइफ इन्सुरेन्स, कर्णाली विकास बैंक, माउन्टेन हाइड्रो नेपाल र युनाइटेड मोदी हाइड्रोको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि गुराँस लघुवित्त र हिमालयन हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

आज उत्पादन र म्यचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक अन्य र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ ।

दुई सय १४ वटा कम्पनीको ६५ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २० करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएकाे छ ।