देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनको पन्ध्र किलोमा ग्याँस बुलेटमा लागेको आगलागी नियन्त्रणमा

देशान्तर

काठमाण्डौ – चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भने स्थानमा ग्याँस बोकेको बुलेटमा लागेको आगो नियन्त्रण मा आएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

बुलेटको क्याविन र अगाडिको टायर क्षति भएको छ । सो ग्याँस बुलेट भारतको उडिसास्थित पैरवी ग्याँस कम्पनीबाट धादिङस्थित श्रीराम ग्याँस उद्योगको लागि ल्याएको र ग्याँस भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बरको बुलेटमा दिउँसो १ बजेतिर आगलागी भएको थियो । बुलेटमा लागेको आगो नियन्त्रणमा लिने क्रममा नारायणगढ मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको थियो ।

आगो नियन्त्रणमा लिएपछि दिउँसो २ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए का छन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।