देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले प्रमुख सचेतक भट्टराईकाे दाबी – निर्वाचनकाे परिणाम सुखद् आउनेछ

देशान्तर

प्रमुख  विपक्षी दल नेकपा एमालेका  प्रमुख सचेतक  विशाल भट्टराईले दसाै‌ं पटक मतदान गरेका छन् । गाउँकै भगवती दिनानाथ मावि केन्द्र खाेटाङ पुगेर भट्टराईले मतदान गरेका हुन् । उक्त विद्यालयमा उनी अध्धयन गरेका थिए ।

मतदानपछि उनले भनेका छन्, ‘गणतन्त्र प्राप्तिपछिको दोस्राे स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरियो।’

मतदान गरेकाे १० ‌‌औं पटकमा ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेकाे र तीन पटक भने हारेकाे भट्टराईले बताए । उनले यस पटक निर्वाचनकाे परिणाम सुखद् आउने पनि दाबी गरे ।