देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रशिलाद्वारा आर्थिक सहयोग प्रदान

देशान्तर

ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गरेकी छिन् । महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेकी हुन् । उनले बुटवलमा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उपाधी हात पारे बापत प्राप्त रकमको आधा रकम चौधरीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको रशिलाका पिता राजेश महर्जनले जानकारी गराए ।

नेपाली सेनाबाट खेल्दै आएका कञ्चनपुरका विवेक चौधरीको मुटुमा समस्या आए पछि अप्रेसन गर्नु पर्ने अवस्थामा रहेको समेत राजेश महर्जनले जानकारी गराए ।
बुटवलमा सम्पन्न प्रतियोगितामा एपिएफकी जेशिका गुरुङ्गलाई १६ – २१, २१–१९, २१–१८ ले पराजित गर्दै रशिलाले महिला एकलको उपाधी जितेकी हुन् । उनले नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण  पत्र प्राप्त गरेकी थिईन् । पुरुष एकल तर्फ बञ्जारा एग्रोका प्रिन्स दाहालले सेनाका प्रफुल महर्जन माथि २१–१०, १८–२१, २१–१२ ले पराजित गर्दै उपाधी जिते । उनले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाण प्राप्त गरे ।