देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलमा राजस्थानकाे जित


राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात पारेको छ ।

सोमबार राति मुम्बईमा राजस्थानको जितमा स्पिनर युजभेन्द्र चहलले ह्याट्रिक र जस बटलरको शतक प्रहार गरे । २१८ रनको विजयी लक्ष्य पाएको कोलकाता १९ ओभर ४ बलमा २१० रनमा समेटियो ।

कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ८५ रन बनाए । आरोन फिन्चले ५८ रनको योगदान गरे ।

युजभेन्द्र चहलले ४ ओभरमा ४० रन खर्चेर ५ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१७ रन बनायो ।

राजस्थानका जस बटलरले ६१ बलमा बिष्पोटक ब्याटिङ गर्दै १०३ रन बनाए । बटरलको जारी सिजनमा दोस्रो शतक हो ।

कोलकाताका सुनिल नारायणले सर्वाधिक २ विकेट लिए ।