देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइपीएलमा हैदरावाद विजयी

देशान्तर

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ ।

लगातार ३ खेल जितेको गुजरात गयराति भएको खेलमा सनराईजर्स हैदरावादसँग ८ विकटेले पराजित भयो । हैदरावादको भने चार खेलमा दोस्रो जित हो ।
गुजरातले दिएको १६३ रनको लक्ष्य हैदरावादले १९.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।

हैदरावादलाई जिताउन कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाउँदा आभिषेक शर्माले ४२ रन बनाएका थिए । राहुल त्रिपाठी १७ रनमा आउट हुँदा निकोल पुरन र एडेन मार्करमले क्रमश ३४ र १२ रनको नटआउट पारि खेल्दै खेल जिताए । गुजरातका रासिद खान र हार्दिक पाण्ड्याले एक एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

हार्दिक पाण्ड्याले नटआउट ५० रन बनाउँदा अभिनव मनोहसले ३५ रन जोडेका थिए । यसैगरी म्याथ्यु वेडले १९ रन बनाउँदा डेभिड मिलरले १२ तथा साइ सुदर्शनले ११ रनको पारि खेले ।
हैदरावादका भुवनेश्वर कुमार र टी नटराजनले दुई दुई विकेट लिए ।