देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिकोणात्मक टि–२० क्रिकेटमा उपाधिका लागि नेपाल र पिएनजी भिड्दै

देशान्तर

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा आज (सोमबार) नेपालले पपुवा न्यूगिनी (पिएनजी)को सामना गर्दैछ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेलसँगै उपाधि जित्ने नेपालको लक्ष्य हुनेछ । श्रृंखलामा पिएनजीमाथि लगातार दुई जित हात पारेको नेपाल सोमबार पनि सोही लय दोहोर्याउन चाहन्छ । पिएनजी भने टि–२० सिरिज अघिको एक दिवसीय श्रृंखलामा जस्तै नेपाललाई उसैको भुमीमा स्तब्ध बनाउँदै उपाधि हत्याउने अभियानमा छ ।

सोमबारको खेल जितेको खण्डमा नेपालले टी–२० अन्तर्राष्ट्रियमा लगातार ६ खेल जित्नेछ । गत महिना ओमानमा भएको टी–२० विश्वकप छनोटको अन्तिम खेलमा जित निकालेको नेपालले घरेलु मैदानमा जारी सिरिजमा चार खेल जित्दै पहिलो पटक लगातार पाँच खेल जित्न सफल भएको छ ।

त्यसैले सोमबारको खेल नेपालको लागि उपाधि जित्ने अवसर सँगसँगै टि–२० मा आफ्नो नयाँ किर्तीमान राख्ने अवसर समेत बन्न सक्नेछ ।