देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेरो माइक्रोफाइनान्सको दुई दिने समीक्षा गोष्ठी सम्पन्न

देशान्तर

काठमाडौं । मेरो माइक्रोफाइनान्सले दुई दिवशीय शाखा प्रबन्धहरुको समीक्षा गोष्ठी चितवनमा सम्पन्न गरेको छ ।

संस्थाका केन्द्रीय कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल लगायत अनुगमन कार्यालय र शाखा प्रबन्ध गरी १९० जना कर्मचारीहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ ।

संस्थाका विभागीय प्रमुखहरुले सहजिकरण गरेको उक्त गोष्ठीमा अनुगमन अधिकृतहरुले शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती तथा रणनीतिहरुको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ति गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रशिक्षण कार्यक्रममा नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले ग्राहक सेवाको गुणस्तर अभिवृद्धि, नयाँ प्रडक्ट, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा बैंकिङ सेवा विस्तार जस्ता महत्वपूर्ण विषयमा केन्द्रीत रही प्रशिक्षण दिएका थिए ।

अर्का प्रशिक्षक जीवन विज्ञानका विशेषज्ञ एल पि भानु शर्माले मानव जिवनलाई बाच्नका लागि आत्म शान्ति अत्यन्त जरुरी छ । त्यसैले खुशीले बाँच्नुस्, हाँस्नुस् र रमाउनुस्, योग, ध्यानमा केही समय खर्चनुस् । जसले कार्य सम्पादनमा निखार तथा सुधार ल्याउने र सेवा प्रवाहको गुणस्तरमा वृद्धि हुने उनले बताए ।

समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले विगतको असहज परिस्थितिको सामनाबाट टाढा भएता पनि प्रतिस्पर्धी बाताबरणमा दिगो र गुणात्मक सेवा प्रवाह गर्न कर्मचारीहरुको महत्त्वपूर्ण जिम्मेवारी रहने भएकोले रतिभर बिचलित नभइ अघि बढ्न आह्वान गरे ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड देशको ६४ जिल्लामा १५० शाखा सञ्जालमार्फत करीब एक लाख ८० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्‍याइरहेको छ ।