देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक १७.९९ अंकले वृद्धि

देशान्तर

काठमाडौं । साताको दोस्रो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ ।

पछिल्लो दुई साता देखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा सोमबार १७।९९ अंकले वृद्धि भएको हो । आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७।९९ अंकले बढेर भएर २ हजार ६३४.५७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.८८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १।६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।४७ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत केही वृद्धि भएको छ । आइतबार २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ वटा उपसमूहको सूचकमा वृद्धि भएको छ भने बाँकी दुई वटा उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा अन्य उपसमूह र होटल तथा पर्यटन उपसमूकको सूचक क्रमशः १.९ र ०.४३ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, विकास बैंकको उपसमूहको परिसूचक सबै भन्दा बढी २.९२ प्रतिशतले बढेको छ । जलविद्युत र फाइनान्स उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढीले बढको छ । त्यस्तै,व्यापार , जीवन बिमा र लगानी उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले बढेको छ भने बाँकी उपसमूहको परिसूचक प्रतिशत भन्दा कमले बढेको छ ।

नेप्से परिसूचक वृद्धि भएसँगै इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, ङादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य बढेको छ । तर यता नेपाल टेलिकमको शेयरमूल्य सर्वाधिक २।९७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।