देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

देशान्तर

भक्तपुर – भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । सङ्घले आईतबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष राजेन्द्र प्रजापतिका अनुसार यही चैत ९ देखि १२ गतेसम्म भक्तपुरको लीलालीमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा ७७ जिल्ला र सातवटै प्रदेशका २०० भन्दा बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा यू–१५ पुरुष र महिला, पुरुष र महिला एकल, पुरुष डबल्सलगायत ६ विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता संयोजक नवीन प्रजापतिका अनुसार यू–१५ पुरुष र महिलातर्फ प्रथमलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई रु सात हजार ५००, पुरुष र महिला एकलतर्फ प्रथमलाई रु ३५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १२ हजार ५०० तथा पुरुष डबल्सतर्फ प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु १५ हजार र तृतीयलाई रु सात हजार ५०० पुरस्कार प्रदान गरिनेछ ।