देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनको राजधानी किभ नजिकै पुग्यो रुसी सेना

देशान्तर

काठमाडौं । युक्रेनमाथि १७ दिनदेखि लगातार आक्रमण गरिरहेको रुसी सेना राजधानी किभतर्फ अघि बढिरहेको छ ।

रुसी सेना किभबाट १५ माइल अर्थात २५ किलोमिटरको दूरीमा रहेका छन् । रुसी सैनिकले पुनः एक पटक किभ आक्रमणको प्रयास गर्ने कोशिश गरिरहेको बीबीसीले जनाएको छ ।

रुसी सेनाले युक्रेनको उत्तर पश्चिममा तीव्र हमला गरेको विवरण सार्वजनिक भएको छ ।

पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ ।

दक्षिणी सहर मारिओपोलमा रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ लैजान पुनः अवरोध गरेको युक्रेनी सेनाले आरोप लगाएको छ । (एजेन्सीको सहयोगमा)