देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुस र युक्रेनबीच अर्को शान्तिवार्ता भोलि

देशान्तर

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।

तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन् ।

तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिनुभएको छ । उहाँले आ फ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा अर्को अर्थात् तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।