देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

८ मिनेट बसेर प्रतिनिधिसभाको बैठक स्थगित

देशान्तर

काठमाडौं – प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुल वेल घेरेर नाराबाजी गर्न थाले ।

एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे ।

लगत्तै सभामुखले प्रतिनिधि सभाको अर्को बैठक यहि फागुन २२ गते बस्नेगरी स्थगित गरे । यो सबै प्रक्रियाका लागि प्रतिनिधिसभाले करिब ८ मिनेट समय लियो ।

एमालेले २३ भदौ २०७८ देखि निरन्तर संसद अवरोध गर्दै आएको छ । माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने एमालेको माग छ ।