देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यक्रम कार्यान्वयनको बाटो खुल्यो : एमसीसी

देशान्तर

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले नेपालको प्रतिनिधिसभाले एमसीसी सम्झौता पारित गरेपछि कार्यक्रम कार्यान्वयनको बाटो खुलेको बताएको छ ।

एमीसीको मुख्यालयले मंगलबार राति जारी गरेको विज्ञप्तिमा एमसीसी सम्झौता अनुमोदनले यस अन्तर्गतका परियोजनाको काम अघि बढाउन बाटो खुलेको उल्लेख गरिएको छ ।

एमसीसी सम्झौता अनुमोदनपछि नेपाल सरकारसँग सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशका रुपमा सहकार्य गर्ने एमसीसीले उल्लेख गरेको छ ।

एमसीसी परियोजनाले नेपालमा विद्युत विस्तार, ढुवानी खर्चमा कटौती गर्नुका साथै धेरै रोजगारी सिर्जना गर्ने एमसीसी मुख्यालयले जनाएको छ ।