देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुसी फौजले युक्रेनको एक टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला

देशान्तर

काठमाडौं । युक्रेनको राजधानीमा आक्रमण केन्द्रीत गरेको रुसी फौजले किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला गरेको छ । आक्रमणपछि टेलिभिजन च्यानलहरु बन्द भएका छन् ।

यस्तै, रुसी सेनाले होलोकास्ट स्मारकमा पनि बमबारी गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । किभमै एउटा सर्वसाधारण घरमा पनि रुसी सेनाले हानेको बम खसेको र घर धनीको मारिएको जनाइएको छ ।

राजधानी किभ कब्जामा लिने कोसिश गरिरहेको रुसी सेनाले युक्रेनी सेना र नागरिक लडाकुबाट कडा प्रतिरोधको सामना पनि गरिरहेको छ ।
रुसले सरकारी कार्यालयहरु नजिक घर भएका सर्वसाधारणलाई घर छाडेर जान भनेको छ भने लगातार खतराको संकेत स्वरुप साइरन पनि बजाउने गरेको छ ।

उता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको मूख्य निशानामा आफू र राजधानी भएको भन्दै राजधानी किभलाई कुनै पनि हालतमा रुसको कब्जामा जान नदिने बताएका छन् ।