देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुटिन र लाभरोभमाथि पश्चिमाको प्रतिबन्ध

देशान्तर


काठमाडौँ-अमेरिकाले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभमाथि प्रतिबन्ध लगाएको छ । उनीहरूलाई युक्रेनमा गरेको गैरकानुनी आक्रमणका लागि जिम्मेवार ठहर्‍याइएको छ ।

शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, अमेरिकाले आफ्ना सहयोगी र साझेदारहरूसँग मिलेर पुटिन र लाभरोभमाथि प्रतिबन्ध लगाएर युक्रेनमा रूसद्वारा युक्रेनमा गरेको ‘अनुचित, अवास्तविक र पूर्वनियोजित’आक्रमणको बलपूर्वक जवाफ दिन जरुरी छ ।

पुटिन र लाभरोभ ‘प्रजातान्त्रिक रूपमा सार्वभौमसत्ता सम्पन्न युक्रेनमा रूसले गरेको गैरकानुनी आक्रमणका लागि प्रत्यक्ष रूपमा जिम्मेवार’ रहेको बताइएको छ ।

अर्थ मन्त्रालयले देशको प्रमुखलाई प्रतिबन्ध लगाउनु दुर्लभ घटना भएको बताएको छ । ‘योसँगै राष्ट्रपति पुटिन‚ उत्तर कोरियाका किम जोङ उन जस्ता तानाशाह लगायत बेलारूसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्का र सिरियाली राष्ट्रपति बसर अल(असद जस्ता सानो समूहमा सामेल भएका छन्’, विज्ञप्तिमा भनिएको छ ।

यसका साथै अमेरिकाले रूसी रक्षामन्त्री सर्गेई शोइगु र प्रथम रक्षा उपमन्त्री तथा सेनाका जनरल भ्यालेरी गेरासिमोभमाथि पनि प्रतिबन्ध लगाएको छ । अर्थ मन्त्रालयले यसअघि रूसको सुरक्षापरिषद्का ११ सदस्यमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

ह्वाइट हाउसले नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूलाई राष्ट्रपति जो बाइडेनले पुटिन र युक्रेनमा उनको आक्रमणको सामना गर्न विश्वव्यापी गठबन्धन बनाएको बताएको छ ।

अर्थमन्त्री जेनेट एल येलेनले विश्वमञ्चमा रूसलाई डरलाग्दो व्यवहारका लागि अमेरिका थप प्रतिबन्ध लगाउन तयार रहेको बताएका छन् ।

यसैबीच युरोपेली संघ ९ईयू०ले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभको सम्पत्ति रोक्का गर्न र अन्य प्रतिबन्ध लगाउन सहमत भएको छ। लात्भियाका विदेशमन्त्रीले यो जानकारी दिएका हुन् ।

पुटिन र लाभरोभको सम्पत्ति जफत गर्ने निर्णयको अर्थ पश्चिमी देशहरू युक्रेनमा रूसी आक्रमण र युरोपमा भीषण युद्ध रोक्न अभूतपूर्व कदमतर्फ अघि बढिरहेका छन् ।

लात्भियाका विदेशमन्त्री एडगर्स रिन्केभिक्सले ईयूका विदेशमन्त्रीहरूले रूसी राष्ट्रपति र विदेशमन्त्रीको सम्पत्ति रोक्का गरिएकोमा जानकारी दिएका छन् । उनले थप प्रतिबन्धको तयारी गरिरहेको पनि बताएका छन् ।