देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीमा कोभिडसम्बन्धी सबै प्रतिबन्ध सोमबारदेखि हट्दै

देशान्तर

नयाँ दिल्ली — कोरोनाका कारण दिल्लीमा लगाइएका सबै प्रतिबन्ध हट्ने भएका छन् । कोरोनाको संक्रमण दर एक प्रतिशतभित्र झरेपछि विभिन्न विषयमा लगाइएको प्रतिबन्ध दुई महिनापछि हटाइएको हो ।

आगामी सोमबार ९२८ फरवरी०बाट दिल्ली पूर्णरुपमा प्रतिबन्ध रहित हुनेछ । मास्क लगाउन अनिवार्य बाहेक कोरोनाकालीन सबै प्रतिबन्धबाट दिल्लीका नागरिकले उन्मुक्ति पाउने छन् । मास्क नलगाउने मानिसलाई गर्दै आइएको २ हजार जरिवानालाई घटाएर ५ सयमा झारिएको छ ।

रात्रिकालीन कर्फ्यु, पसल व्यवसाय खोल्ने समयसीमा, आधा क्षमतामा मात्रै होटल रेस्टुरा, सिनेमा हल चलाउनुपर्ने सबै खाले प्रतिबन्ध हटाइएको छ । अब सार्वजनिक यातायात मेट्रो र बस पनि पूर्ण क्षमतामा चल्न पाउने छन् । यात्रुहरुलाई हरेक सिटमा बस्ने मात्रै होइन, उभिएर यात्रा गर्ने सुविधा पनि प्राप्त हुनेछ । रात्रिकालीन कर्फ्युका कारण राति ८ बजे बजारहरु बन्द हुँदै आएकोमा त्यो पाबन्दी पनि रहने छैन ।

त्यस्तै, सबै धार्मिकस्थल पूर्वतस् सञ्चालनमा आउनेछन् । अब राजनीतिक कार्यक्रम, साप्ताहिक हाट बजार, विवाह तथा मृत्यु संस्कारमा जतिपनि मानिस सामेल हुन पाउनेछन् । १ अप्रिलबाट कुनै पनि शैक्षिक संस्थानले अनलाइन कक्षा लिन नपाउने निर्णयसमेत दिल्ली सरकारले गरेको छ ।