देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१७८ किलोकी यी महिलाले घटाइन् १०८ किलो तौल

देशान्तर

काठमाडौं-अमेरिकामा बस्दै आएकी ‘चेसी मे’ नामकी महिला सामाजिक सञ्जालमा निकै चर्चित छिन् । वास्तवमा उनको शरिरको तौल घटाउदा छाला तन्किएको देखिएका कारण सामाजिक सञ्जालमा चर्चा भएको हो । उनको टिकटकमा २ लाख ३० हजार भन्दा धेरै फलोअर्स रहेका छन् ।

बेलायती पत्रिका ‘द सन’ का अनुसार उनी हरेक दिन सामाजिक सञ्जालमा आफ्नो तस्वीरहरु सेयर गर्ने गर्छिन् । डिसेम्बर २०१९ मा उनले बेरियाट्रिक स्लिभ शल्यक्रिया गराएकी थिइन् । शल्यक्रिया हुनुभन्दा पहिला उनको तौल १ सय ७८ किलो थियो भने अहिले उनको तौल ७० किलो मात्र रहेको छ । उनले आफ्नो शरिर रुपान्तरणको तस्वीर सार्वजनिक गरेकी छिन् । उनको तौल घटाएको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तौल धेरै बढेपछि आफ्नो मानसिक स्वास्थ्यमा पनि असर परेको उनी बताउँछिन् । आफ्नो मानसिक स्वास्थ्य दिनदिनै बिग्रिन थालेपछि खानादेखि रिसाउन थालिन् । उनको खानाको बारेमा निकै खराब बानी पनि थियो ।

अब उनी आफ्नो तौल घटेर तन्किएको छालालाई हटाउन चाहान्छिन् । त्यसका लागि उनी पैसा जम्मा गर्दैछिन् । यसका लागि उनले गो फन्ड मी मा अभियान पनि चलाइकी छिन् । यस शल्यक्रियाका लागि करिब १२ लाख रुपैयाँ जम्मा गर्नु उनको लक्ष्य रहेको छ । उनलाई धेरैले मद्दत पनि गरेका छन् ।

डाक्टरहरुका अनुसार उनको झोलिएका छाला हटाउनको लागि कमसेकम ३ पटक शल्यक्रिया गर्नुपर्ने छ । यस वर्ष जनवरीमा उनले एक चिकित्सकलाई पनि भेटिन जसले उनलाई शल्यक्रिया सम्बन्धित धेरै कुराहरु बताए । चिकित्सकले पहिला प्यानिक्युलेक्टोमी नामक शल्यक्रिया गरिने बताएका छन् । जसले तन्किएको छालालाई हटाउने छ । यो शल्यक्रिया करिब ५ घण्टा सम्म चल्नेछ ।