देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनको राजधानीमै पुगे रुसी सेना, विहानैदेखि भीषण युद्ध

देशान्तर

काठमाडौं – युक्रेनको राजधानी शहर किभमा शनिबार बिहानैदेखि भीषण युद्ध शुरु भएको छ । सीएनएनका अनुसार शुक्रबार रातिदेखि नै किभमा ठूलो विष्फोटका आवाज सुनिएको थियो ।

शनिबार बिहान सबेरसम्म सुनिएका ठूलो विष्फोटका आवाज स्थानीय समयअनुसार ५ बजेपछि भने केही साम्य भएको थियो । विशेष गरी किभको पश्चिमी र दक्षिणी क्षेत्रमा उक्त विष्फोटहरु भएको जनाइएको छ । यद्यपि पौने ६ बाट किभमा पुनः गोलीबारी शुरु भएको छ । दक्षिण–पूर्वी क्षेत्रबाट ठूलो गोलीबारीको आवाज सुनिएको समाचारमा उल्लेख छ ।

युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त शुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो शहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ । समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरण्डामा ननिस्कन चेतावनी दिएको छ । यसैबीच किभबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको भासिल्किभ शहरका मेयरले अहिले शहरको मध्यभागमा भीषण युद्ध भइरहेको बताएकी छन् ।