देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनले तोड्यो रुससँगको कूटनीतिक सम्बन्ध

देशान्तर

काठमाडौँ — युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको छ । बिहीबार रुसले विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहारसहित सैन्य आक्रमण गरेपछि युक्रेनले कूटनीतिक सम्बन्ध तोडेको समाचार संस्था एएफपीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की । एएफपीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको जनाएको छ ।

बिहीबारको आक्रममा कम्तीमा ८ जनाको मृत्यु भएको र केही हराइरहेको युक्रेनी अधिकारीले जनाएका छन् । युक्रेनको बोर्डर गार्ड सर्भिस९डीपीएसयू० ले रुसी सेना गाडीसहित दक्षिणी युक्रेनमा प्रवेश गरेको बताएको छ ।

ट्विटरमा तस्बिर सार्वजनिक गर्दै डीपीएसयूले रुसी सेनाको गाडी क्रिमिया प्रायद्वीप हुँदै युक्रेन छिरेको बताएको छ । युक्रेन छिर्नुभन्दा पहिले रुसी सेनाले गोलीबारी गरेको पनि जनाइएको छ ।

यसैबीच संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्कालीन बैठकलाई सबैलाई सयंम अपनाई कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न अपिल गरेको छ ।