देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुसी सेना युक्रेनी सीमा पार गर्‍यो

देशान्तर

काठमाडौँ–रुसी सैन्य फौजले युक्रेनको सीमा पार गरेको छ । रुसी फौज युक्रेनको पूर्वी क्षेत्र लुहान्सक र खार्किभ तथा उत्तरी चेर्निहिभ र सुमी क्षेत्रमा प्रवेश गरेको युक्रेनी सीमा सुरक्षा सेवा डीपीएसयू ले जनाएको छ ।

सीमा प्रवेश गरेर रुसी सेनाले तोप हानेको छ । आक्रमणमा डीपीएसयूका केही सुरक्षाकर्मी घाइते भएका छन् । शत्रुलाई रोक्न सबै कदम चालेको डीपीएसयूले जनाएको छ ।