देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनमाथि रुसी आक्रमणमा १ जनाको मृत्यु भएको पुष्टि

देशान्तर

काठमाडौँ –युक्रेनमाथि रुसले बिहीवार बिहानबाट थालेको आक्रमणमा एकजना व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको छ ।

युक्रेनको गृह मन्त्रालयका सल्लाहकारले किएभ क्षेत्रको ब्रोभारीमा एकजनाको मृत्यु भएको अनि अर्का एकजना घाइते भएको बताएका छन् ।

पूर्वी युक्रेनमा दुईवटा रुसी ट्यांक र कैयौं ट्रकहरू देखिएको अनि क्राइमियाबाट रुसले सैन्य उपकरणहरू पटठाइरहेको युक्रेनी सेनाले जनाएको छ ।

यसैबीच रुससमर्थक पृथक्तावादीहरूले लुहान्स्क क्षेत्रका दुई शहरमा नियन्त्रण कायम गरेको बताए ।
त्यसलाई पछि युक्रेन प्रहरीले पुष्टि गरेको छ । लुहान्स्कका दुईवटा गाउँ विद्रोहीहरूको कब्जामा परेको उनले बताए ।
आफ्नो विमान युक्रेनी आकाशबाट खसाइएको भन्ने रिपोर्टलाई रुसको रक्षा मन्त्रालयले खण्डन गरेको छ । यसअघि युक्रेनी सेनाले लुहान्स्क क्षेत्रमा पाँचवटा रुसी विमान र एक हेलिकप्टर खसाइएको बताएको थियो ।