देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमसीसीबारे बोल्यो चीन : अमेरिकाको प्रतिरोध गर्ने चेतावनी

देशान्तर

काठमाडौं-अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा नेपालको राजनीति गिजोलिएकाबेला चीन आक्रामक देखिएको छ ।

अमेरिकाले नेपालमा एमसीसी पारित गराउन धम्कीपूर्ण कुटनीति गरिरहेको चीनले आरोप लगाएको छ । अमेरिकाले नेपाललाई समयसीमा नै तोकेर एमसीसी पारित गराउन दबाब दिएपछि चीनको परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिएको हो ।

‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ । यसको चीनले प्रतिरोध गर्नेछ ।’– शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने ।

अमेरिकाले आगामी फेब्रुअरी २८ तारिख अर्थात फागुन १६ सम्म एमसीसी पारित नगर्ने फिर्ता लैजाने चेतावनी दिएको प्रधानमन्त्री शेरबहादुर देउवाले नै बताउँदै आएका छन् । अमेरिकासँगको कुटनीतिक सम्बन्ध बिग्रिन नदिन भन्दै एमसीसी पास गर्ने प्रयासमा लागिरहेका छन् ।

नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने परराष्ट्र प्रवक्ता वाङले पत्रकार सम्मेलनमा स्पष्ट गरे ।
यता, नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका छन् ।