देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओमानविरुद्ध नेपालको सानदार जित

देशान्तर

काठमाडौं-घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले आईसीसी पुरुष टी २० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा सानदार जित निकालेको छ । ११८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानका कुनै पनि ब्याटर चल्न सकेनन् ।

ओमानका नसिम खुसीले सर्वाधिक २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।

नेपालका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान दुई९दुई विकेट लिँदा अविनाश बोहरा र जितेन्द्र मुखियाले समान एक विकेट लिए ।

यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रनको सामान्य योगफल तयार पार्‍यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १६ रन बनाए । यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।