देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शरक्रबार घट्यो सुन र चाँदीको मूल्य

देशान्तर

काठमाडौं –  सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला २०० रूपैयाँ घटेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९२ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको छ। बिहीबार प्रतितोला ९२ हजार २०० तोकिएको थियो।

त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार २५५ रुपैयाँ कायम भएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ।