देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा एकै दिन दुई लाख जनामा कोरोना

देशान्तर

एजेन्सी-भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ सङ्क्रमित भएका हुन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

मन्त्रालयले १८ लाख ३१ हजार २६८ जना अहिले पनि सङ्क्रमितावस्थामै रहेको जनाएको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १३ लाख दुई हजार ४४० सङ्क्रमित भएका छन् ।

पछिल्लो एक दिनमा भारतमा ९५९ जनाको कारोना भाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कुल मृतकको सङ्ख्या चार लाख ९५ हजार ५० पुगेको छ ।