देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतबाट सिर्जनाले ल्याइन् ‘फूलहरू मगमग’

देशान्तर

काठमाडौं-गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुन्दरी मोडल तथा भ्लगर सिर्जना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ ।

सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सिर्जनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वणर्न आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।

कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन्, भने भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ ।

 

प्रवासबाट सर्वाधिक धेरै र स्तरीय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्रहरुसमेत छायांकन गरेका छन् । भिडियो मोडल सिर्जनाको आफ्नै युट्युब च्यानल सिर्जना निङ्लेखुबाट सार्वजनिक गरिएको छ ।

कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सिर्जनाले कल्चरल म्यूजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन् । उनले रंगकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय कला सिकेका कारण अनुपलाई गुरु मान्छिन् ।

रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव छ । बहुआयामिक प्रतिभाकी धनी सृजना आफ्नो व्यस्त दैनिकीका बाबजुत पनि गीत-संगीत कर्मबाट निकै खुशी छिन् ।