देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धान उत्पादन चार लाख ९० हजार मेट्रिकटन घट्यो

देशान्तर

काठमाडौ-यस वर्ष धानको उत्पादनमा कमी आएको छ । गत वर्षभन्दा यसवर्ष चार लाख ९० हजार मेट्रिकटन धान कम उत्पादन भएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका एक अधिकारीका अनुसार गत वर्षको तुलनामा ८.७४ प्रतिशत धान कम उत्पादन भएको हो ।
धानको तथ्याङ्क सार्वजनिक गर्ने तयारी अवस्थामा रहेको मन्त्रालयका अनुसार यस वर्ष ५१ लाख ३० हजार ६०० मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।
यसपाली ६० लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो । तर असोजको अन्तिम हप्ता आएको बेमौसमी वर्षाका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी भएको हो ।