देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

५५ अर्ब ८२ करोडस्थायी तरलता सुविधा र ५० करोड ओभरनाइट रिपो प्रयोग

देशान्तर


काठमाडौं-तरलता अभाव चर्किएर अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्ने पैसासमेत हुन छाडेपछि बैंकहरुले एकै दिन ५५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ सापटी चलाएका छन् ।

राष्ट्र बैंकका अनुसार, २२ वटा बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार ५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) चलाएका हुन् ।

राष्ट्र बैंकका अनुसार, बिहीबारसम्म गरेर चालु आर्थिक वर्ष २२ खर्ब ३८ अर्ब ७ करोड ५ लाख रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेका छन् ।

बिहीबार ओभर नाइट रिपो ५० करोड रुपैयाँ चलेको छ । एउटा संस्थाले यो सापटी लिएको हो । चालु वर्ष ६२ अर्ब ७४ करोड ४९ लाख ५० हजार रुपैयाँ लिइसकेका छन् ।