देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युरोपेली मुलुकहरुमा फेरि लकडाउन

देशान्तर

एजेन्सी । विश्व स्वास्थ्य संगठनले युरोप कोरोना संक्रमणको केन्द्र बन्ने चेतावनी दिएको दुई साता नवित्दै युरोपेली मुलुकहरु धमाधम लकडाउनमा जान थालेका छन् । नेदरल्याण्डले देशब्यापी लकडाउन घोषणा गरेको भोलिपल्ट अष्ट्रियाले पनि लकडाउन घोषणा गरेको छ । तर यस पटकको लकडाउनको प्रकृति भने फरक देखिएको छ ।

नेदरल्याण्डले शैक्षिक क्षेत्र, रेष्टुराँ, होटलसहित बढी भीडभाड हुने क्षेत्रमा लकडाउन गरेको छ भने अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई लकडाउनमा राखेको छ । अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई खानेकुरा किनमेलका लागि भन्दा अन्य काममा घरबाट बाहिर निस्कनबाट रोक लगाएको छ ।

अष्ट्रियामा अहिले पनि ३५ प्रतिशत जनसंख्याले खोप लगाएको छैन । पछिल्लो एक सातामा संक्रमण दर दैनिक ८ सय बाट एक लाख पुगेपछि यस्तो कदम चालिएको त्यहाँका चान्सलर अलेक्जेण्डर स्कालेनबर्गले बताएका छन् । खोप नलगाएकाहरुलाई घरमै सीमित गर्दा भीडभाड पनि कम हुने र संक्रमणको जोखिम पनि कम हुने विश्वास गरिएको छ । खोप लगाए नलगाएको निक्र्यौैल गर्न ठाउँ ठाउँमा प्रहरीलाई चेकजाँच गर्ने अधिकार दिइएको छ ।

उता, जर्मनीमा पनि संक्रमण दर ह्वात्तै बढेपछि आगामी साताभित्र नयाँ मापदण्ड लागू गर्ने तयारी भईरहेको छ । नेदरल्याण्डले लकडाउन लाइट नाम दिएर गत शनिबारदेखि नै आवागमन र भेटघाटलाई साँघुरो बनाएको छ । अर्को युरोपेली मुलुक बेल्जियममा पनि संक्रमणको दर निकै तीब्र बनेपछि त्यहाँको सरकारले नयाँ मापदण्डको विषयमा छलफल अघि बढाएको छ । यस्तै लाट्भियामा नोभेम्बरको शुरुदेखि नै लकडाउन गरिएको छ ।

सवैभन्दा पहिले कोरोना खोप बनाएको दाबी गरेको रुसमा सवैभन्दा बढी संक्रमण बढेको छ । रुसको संक्रमणको गतिले स्पुतनिक खोपको प्रभावकारितामाथि पनि ब्यापक प्रश्न उब्जाएको छ ।