देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१५ प्रतिशतमा कर्पोरेट करलाई सीमित राख्न जी ट्वान्टी नेताहरु सहमत

देशान्तर

विश्वका मूख्य आर्थिक शक्तिहरु सम्मिलित जी ट्वान्टी समूहका नेताहरु करको दर घटाउन सहमत भएका छन् ।

इटालीको रोममा भेला भएका उनीहरुले बहुराष्ट्रिय कम्पनीहरुको चासोलाई सम्बोधन गर्ने गरी नाफामा १५ प्रतिशत भन्दा बढी कर नलगाउने सहमति गरेका हुन । कोभिड महामारी र जलवायु परिवर्तनको समस्या हल गर्ने विषयलाई पनि जी ट्वान्टीका नेताहरुले छलफलको एजेण्डा बनाएका छन् ।

समूहका दुई सदस्य राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भर्चुअल माध्यमबाट जोडिएको जी ट्वान्टी सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले कर कटौतीको प्रस्ताव राखेका थिए ।

जुन सन् २०२३ सम्म पूर्ण रुपमा कार्यान्वयनमा आइसक्ने छ । आजदेखि बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो शहरमा शुरु हुने विश्व जलवायु सम्मेलन अघि आयोजित जी ट्वान्टी सम्मेलनबाट कर कटौतीको प्रस्तावमा सहमति गर्नुलाई विश्व अर्थतन्त्रलाई गति दिने कडीको रुपमा ब्याख्या गरिएको छ ।