देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ला लिगामा बार्सिलोना पराजित, प्रशिक्षक कोम्यान बर्खास्त

देशान्तर

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भाल्कानोसँग १–० गोल अन्तरले पराजित भएको हो । राडमेल फालकाओले ३० औं मिनेटमा गरेको गोल नै रायो भाल्कानोलाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।

जीतपछि रायो भाल्कानो १९ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ भने बार्सिलोना १५ अंकसहित नवौं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गतकै रियल मड्रिड र ओसासुनाले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै रियल २१ अंकका साथ शीर्ष स्थानमा रहँदा ओसासुना १९ अंकसहित छैटौं स्थानमा रहेको छ । यस्तै रियल बेटिसले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । यो जीतसँगै भ्यालेन्सिया तेस्रो स्थानमा रहेको छ । ला लिगाको शीर्ष चार स्थानमा रहने टिमको समान २१ अंक रहेको छ । रियल मड्रिड, सेभिल्ला, रियल बेटिस र रियल सोसिडाडको समान २१ अंक रहँदा गोल अन्तरका आधारमा स्थान निर्धारण भएको छ ।

यसैबीच, बर्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्त भएका छन् । बर्सिलोनाले ला लिगाको सुरुआती १० खेलमा १५ अंकमात्र जोडेको छ भने च्याम्पियन्स लिग समूह चरणको सुरुआती दुवै खेलमा पराजय ब्यहोरेको छ ।
ला लिगाको अंकतालिकामा बार्सिलोना नवौं स्थानमा छन् । गएराति रायो भालेकानोसँग पराजित भएपछि बार्सिलोना शीर्ष स्थानको टिमसँग स्पष्ट ६ अंकले पछि परेको छ ।


यो हार बार्सिलोनाको पछिल्लो ४ खेलमा तेस्रो हो । त्यसमा आइतबारको एल क्लासिको पनि पर्छ । जहाँ रियल मड्रिड नोउ क्याम्पमा २–१ ले विजयी भएको थियो । कोम्यानले १४ महिना मात्र नोउ क्याम्पको जिम्मेबारी संहाल्न पाए ।