देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एएफसी यू-२३ स् उच्च मनोबलका साथ इरानसँग भिड्दै नेपाल

देशान्तर

काठमाडौं – नेपालले आज एएफसी यू-२३ एसियन कप छनोटको पहिलो खेलमा इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरू हुनेछ ।

यस प्रतियोगितामा पछिल्लो दुई संस्करण नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन । नेपालले खेलेका ६ वटै खेलमा हार ब्यहोरेको छ । र, कुनै पनि गोल गर्न सकेको छैन ।

यसपटक राष्ट्रिय टोलीका नियमित ६ र बाँकी ५ खेलाडीसहित ताजकिस्तान पुगेको नेपाली टोली इरानविरुद्ध उच्च मनोबलकासाथ खेल्दैछ ।

नेपालले यू-२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५-० ले हराएको थियो ।

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेल आज इरानसँग, दोस्रो खेल अक्टोबर २८ मा ताजिकिस्तानसँग र अक्टोबर ३१ मा समूहको अन्तिम खेल लेबनानसँग खेल्नेछ ।