देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एल क्लासिकाे भिडन्त आज

देशान्तर

स्पेनिस ला लिगाको नयाँ सिजन २०२१–२२ को पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आज हुदैँछ ।

यो खेल नेपाली समय अनुसार राति ८ बजे बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । नयाँ सिजनमा रियल म्याड्रिडले उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । बार्सिलोना भने आफ्नो पुरानो लयमा फर्कन सकेको छैन ।

लिगमा दुवै टोलीले आठ खेल सकेका छन् । रियलले बार्सिलोनालाई दुई अंकले पछि पारेको अवस्था छ । यस्तोमा बार्सिलोना घरेलु मैदानमा रियललाई हराएर अगाडी बढ्ने दाउमा हुने छ । रियल पनि बार्सिलोनालाई घरमै हार चखाउने रणनीतिमा हुने छ ।

रियल पाँच जित, दुई बराबर र एक हार बेहोर्दै १७ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । चार जित, तीन बराबरी र एक हार खेपेको बार्सिलोना १५ अंक सहित आठौं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल सोसिडाडको नौ खेलबाट २० अंक छ ।

चोटका कारण प्रमुख खेलाडीहरु मैदान बाहिर रहेकाले पनि बार्सिलोना सुरुवाती खेलमा समस्यामा परेको थियो । यता रियलले आठौं राउन्डमा स्पान्योलसँग २–१ को हार खेप्नु बाहेक अन्य खेलमा सानदार प्रदर्शन गरिरहेको छ ।