देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा सिटी विजयी

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएका खेलमा सिटीले ब्राइटनमाथि ४–१ गोल अन्तरको जीत दर्ता गरेको हो ।

सिटीको जीतमा फिल फोडेनले २ गोल गर्दा गुन्डोगन र रियाद मेहरेजले एक एक गोल थपेका थिए । ब्राइटनका लागि एलेक्सिस एलेस्टरले एक गोल फर्काए । ब्राइटनको मैदानमा पाहुनाटोली सिटीले १३ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि गुन्डोगानले बर्नान्डो सिल्भाको सहयोगमा गोल गर्दै अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा ग्रिलिसको पासमा फोडेनले अग्रता दोब्बर बनाएका थिए । लगत्तै फोडेनले ग्याब्रियल जेससको पासमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा ३–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा एक गोल थप्दा एक गोल ब्यहोरेको थियो । पेनाल्टी मार्फत ब्राइटनका एलेक्सिसले गोल गर्दै अग्रता ३–१ मा झारेका थिए । दोस्रो हाफको अतरिक्त पाँचौं मिनेटमा मेहरेजले गोल गर्दै सिटीलाई ४–१ को फराकिलो जीत दर्ता गराए ।
यो नतिजा पछि सिटी ९ खेलबाट २० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने पराजित भएको ब्राइटन १५ अंकसहित चौथो स्थानमा छ ।

वाटफोर्डको जीतमा किंगको ह्याट्रिक


इंग्लिस प्रिमियर लिगमा एभर्टनविरुद्ध वाटफोर्डका जोसुवा किंगले ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिक मद्दतले बाटफोर्डले एभर्टनविरुद्ध एभर्टनमाथि ५–२ गोल अन्तरको जीत दर्ता गरेको छ । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा बाँकी गोल दोस्रो हाफमा सम्भव भएका हुन् । तेस्रो मिनेटम टम डेभिसले गोल गर्दै एभर्टनलाई शुरुआती अग्रता दिलाएका थिए ।

१३ औं मिनेटमा जोसुवाले १३ औं मिनेटमा गोल गर्र्दै वाटफोर्डलाई बराबरीमा ल्याएका थिए । ६३ औं मिनेटमा रिचार्लिसनले गोल गरेपछि एभर्टन २–१ गोलले अघि बढेको थियो । ७८ औं मिनेटमा जर्ज कुकाले गोल गरेपछि वाटफोर्डले फेरि २–२ को बराबरी गर्न सफल रह्यो ।

त्यसपछि ८० र ८६ औं मिनेटमा लगातार दुई गोल गर्दै किंगले ह्याट्रिक पुरा गर्दा वाटफोर्ड ४–२ ले अघि बढ्यो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा इमान्युएल डेनिसले गोल गरेपछि वार्टफोर्ड अन्ततः ५–२ गोल अन्तरले विजयी भयो । जीत पछि वाटफोर्ड १० अंकसहित १४ औं स्थानमा छ भने एभर्टन १४ अंकसहित आठौं स्थानमा छ ।
यस्तै साउथ ह्याम्पटन र बर्नलेले २–२ गोलको बराबरी खेल्दा लिड्स र वुल्भ्सले एक एक गोलको बराबरी खेले । क्रिष्टल र न्युकासलले पनि एक एक गोलको बराबरी खेल्दै एक एक अंक लिएका छन् ।

बुन्डेस लिगामा बायर्न म्युनिख शीर्ष स्थानमा

जर्मन बुन्डेस लिग फुटबलमा बायर्न म्युनिख शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा होफिनहममाथि ४–० गोलको फराकिलो जीत दर्ता गर्दै बार्यन शीर्ष स्थानमा उक्लिएको हो । बार्यनको ९ खेलबाट २२ अंक छ भने दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डको २१ अंक रहेको छ ।

बार्यनलाई जिताउनका लागि सर्जि ग्यानबीले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले अग्रता दोब्बर बनाए । ८२ औं मिनेटमा इरिक मोटिङले टिमका लागि तेस्रो गोल गर्दा किंग्स्ले कोमानले ८७ औं मिनेटमा चौथो गोल गरे । यस्तै बोरुसिया डर्टमन्डले अर्मानिया बेलिफिल्डलाई ३–१ गोल अन्तरले पराजित गर्दा हर्थाबर्लिनसँग बोरुसिया मुन्छेनगालबाछ १–० ले स्तब्ध बन्यो । यस्तै फेरीबगले वुल्फ्सबगलाई २–० ले स्तब्ध बनायो । आरबी लाइपजीगले ग्रुथर फोर्थमाथि ४–१ को जीत दर्ता गरेको थियो ।