देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इंग्लिस प्रिमियर लिग : आर्सनल विजयी

देशान्तर

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३-१ ले पराजित गरेको हो ।

आर्सनलका लागि २३ औं मिनेटमा थोमस पार्टी, पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा पियर एमरिक तथा ५६ औं मिनेटमा स्मिथ रोवले गोल गरेका हुन् ।

एस्टन भिल्लाका लागि ८२ औं मिनेटमा ज्याकोब राम्सीले एक गोल फर्काए । जितपछि ९ खेलबाट १४ अंकसहित आर्सनल नवौं स्थानमा छ । १० अंकसहित एस्टन भिल्ला १३ औं स्थानमा छ ।